अध्यागमनले ७६ नेपालीलाई रोक्दा निगमलाई एउटै उडानमा ७० लाख घाटा : विदेशी विमानसँग मिलेको आरोप


२० मंसिर २०७८, सोमबार
Nepal AIrlines A330 200

काठमाडौं : आइतबार (१९ मंसिर) जाउलाखेलस्थित शुभेक्षा बहुउदेश्यीय सहकारीका शेयर सदस्य तथा पदाधिकारीको ७६ जनाको समूह भ्रमणका लागि दुबई उड्ने तयारी थियो । उनीहरू राति साढे ११ बजे नेपाल वायु सेवा निगमबाट दुबईका लागि उड्दै थिए ।

सहकारीका सचिव विजय शर्माका अनुसार उनीहरू सबैजना चार दिनका लागि दुबई एक्स्पोमा भाग लिन काठमाडौंबाट जाँदै थिए । उनीहरुको ‘भिजिट भिसा’ थियो । जनही १ लाख ७ हजार रूपैयाँको टुर प्याकेज किनेर दुबई जाँदै थिए ।

तर उनीहरुले दुबई उड्न पाएनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले सहकारीका ७६ जना शेयर सदस्यहरूलाई कागजपत्र नपुगेको भन्दै मध्यरातमा फिर्ता गरीदियो । शुभेक्षा बहुउदेश्यीय सहकारीका अध्यक्षसहितका पदाधिकारीले जमानत बस्ने र जुनसुकै लिखित प्रतिवद्धता दिन तयार रहँदा जान दिएनन् ।

Nepal air

७६ यात्रुलाई फिर्ता गरेपछि विमान ७२ जना मात्रै यात्रुल बोकेर राति साढे १ बजे दुबई उड्यो । निमग स्रोतका अनुसार निगमलाई ७० लाख रूपैयाँ निगमले घाटा ब्यहोरेको छ ।

विदेशी विमानसँग मिलेको आरोप
स्रोतका अनुसार यो घटनापछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयसँग कुरा गरेको छ । नेपाल एयरलाइन्सका यात्रुलाई जहिल्यै अध्यागमनले फिर्ता गरेर दुःख दिने गरेको तथ्य पाएपछि पर्यटन मन्त्री प्रेम आलेले समेत यो घटनाको बारेमा गम्भिर हुन गृह मन्त्रालयलाई आग्रह गरेका छन् ।

पर्यटन मन्त्रालय स्रोतले भन्यो, ‘अध्यागमनले नेपाल एयरलाइन्सका यात्रुलाई जहिल्यै फिर्ता गर्ने र दुःख दिने गरेको रेकर्ड रहेछ । विदेशी विमान कम्पनीसँग ‘अध्यागमनका कर्मचारी मिलेको हाम्रो अनुमान छ ।’ फेरि दुबई जान अब ७६ यात्रुले टिकट लिन १० शुल्क सहित पीसीआर लगायतका तयारी गर्नुपर्न हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७