पत्रकार महासंघकी उपाध्यक्ष अधिकारीद्धारा पद छोड्ने घोषणा, कांग्रेस केन्द्रीय सदस्य लड्ने


२० मंसिर २०७८, सोमबार
Adhikari Bala

काठमाडौं : पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकार महासंघको जिम्मेवारीमा नरहने घोषणा गरेकी छन् । गृहजिल्ला ओखलढुंगाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेपछि उनले सोमबार सामाजिक सञ्जालमार्फत् पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्।

उनले आफू राजनीतिमा सक्रिय भएकाले महासंघको उपाध्यक्षबाट राजीनामा दिएको सामाजिक सञ्जालमा लेखेकी छन्। ‘महासंघको २६औं महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर नेतृत्वमा पुर्याउनुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दछु। म महासंघको नेतृत्वमा नरहे पनि मतको उच्च सम्मान र हर हमेशा तपाईंहरुको माझ सुख दुःखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर,’ उनले लेखेकी छिन्।

उपाध्यक्ष अधिकारीले महासंघको विधान र पत्रकार आचारसंहिताको पालना गर्नु आफ्नो प्रमुख कर्तव्य रहेको हेक्का भएको बताएकी छन्।

‘म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको विधान,आचारसंहिताको पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाइ हेक्का छ,’ अधिकारीले लेखेकी छन्, ‘नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर महासंघको नेतृत्वमा पुर्‍याउनुहुने सम्पूर्ण मतदाताहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।’

पत्रकारहरू पनि दलहरूको अधिवेशनमा धमाधम उम्मेदवार बन्न थालेपछि महासंघले आफ्ना सदस्यहरूलाई पत्रकारिता वा राजनीतिमध्ये एउटा रोज्न भनेको थियो। सोही अनुसार उनले राजीनामा गरेकी हुन्।

उनी नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा गृहजिल्ला ओखलढुंगाबाट महाधिवेसन प्रतिनिधि भएकी छन् । अधिकारी नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छिन् ।

Bala Adhikari

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७