आर्सनलमाथि एभर्टनको जित


२१ मंसिर २०७८, मंगलवार
Everton arsenal etBZeWbEcD

काठमाडौं, २१ मंसिर । इङ्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा एभर्टनले आर्सनलमाथि २-१ गोल अन्तरको जित हात पारेको छ ।

पहिलो हाफको इन्ज्युरी समयमा एक गोल खाएसँगै १-० ले पछि परेको नतिजालाई उल्ट्याउँदै एभर्टनले जित हात पारेको हो । खेलको ७९ औं मिनेटमा बराबरी गोल फर्काएको एभर्टनको लागि खेलको इन्ज्युरी समयमा डेमराई ग्रेले निणर्ायक गोल गरेका थिए ।

पछिल्लो नौ खेलमा एभर्टनले पहिलो जित हात पारेको हो । योसँगै एभर्टनले १५ खेलबाट १८ अंक हात पारेको छ । आर्सनलको समान खेलबाट २३ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७