बेइजिङ ओलम्पिकमा कूटनीतिक अधिकारी नपठाउने अमेरिकाको निणर्य


२१ मंसिर २०७८, मंगलवार
beijing olympics boycott SXjwB5XMwH

काठमाडौं, २१ मंसिर । अमेरिकी कूटनीतिक अधिकारीले सन् २०२२ मा चीनमा हुने विन्टर ओलम्पिक बहिष्कार गर्ने घोषणा गरेका छन् । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चीनको मानव अधिकारको इतिहासको विषयलाई कुनै पनि प्रतिनिधि नपठाइने बताएको छ ।

यद्यपि यो प्रतियोगितामा अमेरिकी एथ्लेटहरु सहभागी हुने र उनीहरुलाई सरकारले पूरा सहयोग दिने ह्वाइट हाउसले बताएको छ । चीनले यसअघि नै यो प्रतियोगिता बहिष्कार गरे त्यसको प्रत्युत्तरमा आवश्यक कदम चालिने चेतावनी दिइसकेको छ । गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा हुने यो प्रतियोगितालाई कूटनीतिकरुपमा बहिष्कार गर्ने विषयमा छलफल भइरहेको बताएका थिए ।

सोमबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले यो प्रतियोगिता बहिष्कारको घोषणा गरेकी हुन् । यसअघि सन् १९८० मा अमेरिकाले रुसको मस्कोमा भएको ओलम्पिक पनि बहिष्कार गरेको थियो । अघिल्लो वर्ष रुसले अफगानिस्तानमा गरेको आक्रमणको विषयलाई लिएर अमेरिकाले मस्को ओलम्पिक बहिष्कार गर्ने निणर्य गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७