रुकुम पश्चिममा जन्ती बस दुर्घटना : एकको मृत्यु, घाइते १० को अवस्था गम्भिर


२१ मंसिर २०७८, मंगलवार
budhuram jr66TwkhJr

रुकुम पश्चिम, २१ मंसिर । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते एक जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका-१ घिमानेका ६७ वर्षका बुधुराम खड्काको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । बाँफिकोट गाउँपालिका-२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका-५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिका-२ रातामाटामा हिजो बेलुका दुर्घटना भएको थियो । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७