अमेरिकाले फाल्छ बार्षिक १५ करोड मानिसलाई पुग्ने खानेकुरा


२१ मंसिर २०७८, मंगलवार
US still wastes a third of its food1638844203

काठमाडौं, २१ मंसिर । अमेरिकामा उत्पादन हुने एक तिहाइ भन्दा बढी खानेकुरा खेर फालिने गरेको नयाँ रिपोर्टले जनाएको छ । २०३० सम्म यस किसिमको खाद्य फोहोर आधाले कम गर्ने प्रतिबद्धता जनाएको भए पनि अझै समस्या समाधान नभएको बताइएको छ ।

खानेकुरा खेर फालिनु भनेको अर्बौँ डलर गुम्नु सरह हो र जलवायु परिवर्तनमा समेत यसले नकारात्मक प्रभाव पार्ने देखिएको छ । त्यस किसिमिले फालिने खाना ‘ल्यान्डफिल्स’ मा थुपारिन्छ जसले ग्रिनहाउस ग्यास मिथेन उत्सर्जन गर्दछ ।

पेरिस जलवायु सम्झौतामा अमेरिकाले विश्वव्यापी तापमानलाई सीमित राख्ने लक्ष्य पूरा गर्न विशेषगरी उद्योगको स्तर अनि खाद्य प्रणालीमा परिवर्तन ल्याउनुपर्ने देखिएको छ । किनकि जिवास्म उत्सर्जन घटाए पनि अहिलेको जस्तो खाद्य प्रणाली जारी रहने हो भने अमेरिकाले कहिल्यै आफ्नो लक्ष्य प्राप्त गर्न सक्नेछैन ।

अमेरिकाले हरेक वर्ष ७ करोड देखि १५ करोड मेट्रिक टनसम्म खानेकुरा खेर फाल्ने गरेको बताइन्छ । यो भनेको १५ करोड मानिसहरुलाई वार्षिक पुग्ने खाद्यान्न हो । खाद्य फोहोरलाई कम गर्न निजी क्षेत्र र सामुदायिक संघसंस्थासँग मिलेर काम गर्ने बताउँदै आए पनि यसमा अमेरिकाले कुनै उल्लेखनीय प्रगति गर्न सकेको छैन । २०१० मा त अमेरिकाको ३१ प्रतिशत खाद्य आपूर्ति खेर फालिएको थियो । तर खाद्य फोहोर कम गराउने सरकारको रणनीति सार्वजनिक सचेतनाका अभियानमा निर्भर रहने बताइएको छ । रोयटर्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७