जाडो याममा कपडाको कि सर्जिकल मास्क लगाउनु राम्रो ?


२१ मंसिर २०७८, मंगलवार
Mask12341638846393

काठमाडौं, २१ मंसिर । महामारीको विगत एक वर्ष धेरै मानिसहरुले कपडाको मास्क लगाएरै बिताए तर अहिले जाडोयाम सुरु हुँदा अब त्यसलाई बदलेर सर्जिकल मास्क लगाउने बेला आएको विज्ञहरुले सुझाव दिएका छन् ।

पहिलो कुरा त कपडाको मास्कको तुलनामा ‘डिस्पोजेबल सर्जिकल मास्क’ ले धेरै प्रभावकारी रुपमा काम गर्दछ । कोभिडको सुरुवातमा जसरी अहिले यसको अभाव पनि छैन । महामारी सुरु हुँदा स्वास्थ्यकर्मीका लागि मात्र उच्च गुणस्तरीय मास्क प्रयोग गरिएको थियो तर अहिले सबैतिर सर्जिकल मास्क सर्वत्र उपलब्ध छ । अगस्टमा गरिएको एक अध्ययनमा येल स्ट्यानफोर्ड युनिभर्सिटीका खोजकर्ताहरुले कपडाको मास्कको तुलनामा सर्जिकल मास्क, भाइरसजन्य तत्वहरु फिल्टर गर्नमा ९५ प्रतिशत प्रभावकारी रहेको पत्ता लगाएको थियो । यता कपडाको मास्क चाहिँ ३७ प्रतिशत मात्र प्रभावकारी हुने पत्ता लागेको हो ।

यसमा सर्जिकल मास्कलाई दशपटक साबुन पानीले पखाल्दा पनि त्यसको प्रभावकारीता नघट्ने पत्ता लागेको थियो । तर विज्ञहरुले कुनै अवस्थामा डिस्पोजेबल सर्जिकल मास्क पुनः प्रयोग नगर्न भन्दै आएका छन् । युरोपेली मुलुकहरु जस्तै फ्रान्स, जर्मनी अनि अष्ट्रियामा पछिल्लो समय सार्वजानिक स्वास्थ्य अधिकारीहरुले सबैलाई कपडाको मास्कको सट्टामा मेडिकल या सर्जिकल मास्क लगाउन अनुरोध गरिरहेका छन् । त्यहाँ यतिबेला कोभिड संक्रमण अत्यन्तै बढेको छ ।

सर्जिकल मास्कले कसरी कपडाको मास्क भन्दा राम्रो काम गर्छ ?

राम्ररी अनुहारमा फिट भयो भने कपडाको मास्कले पनि केही न केही काम गर्दछ । जस्तै मान्छेले बोल्दा, सास फेर्दा खोक्दा, हाछ्युँ गर्दा निस्कने थुकका छिटाहरुलाई यसले रोक्न सक्छ । तर पनि हामीले सर्जिकल मास्क लगाएका छौँ भने उल्लेखनीय रुपमा अझ धेरै सुरक्षित रहन सक्ने मिसोरी युनिभर्सिटी अफ साइन्सका प्रोफेसर याङ वाङ बताउँछन् ।

त्यसैले पनि विशेषगरी जाडोयाममा सर्जिकल मास्क नै चुन्दा राम्रो हुने बताइएको छ । यसमा हाम्रो सबैभन्दा बलियो विकल्प भनेको केएन ९५ मास्क हो जसले हावामा भएका ९५ प्रतिशत कणलाई फिल्टर गर्न सक्छ ।

यदि केएन९५ मास्क पाइएन भने अरु नै सर्जिकल मास्क प्रयोग गर्न पनि सकिन्छ । जसले कपडाको मास्क भन्दा धेरै राम्ररी काम गर्नेछ किनकि कपडाको मास्कमा कहिलेकाहीँ थाहा नपाइ एकदम सुक्ष्म प्वालबाट कणहरु हाम्रो नाकमुखसम्म आइपुग्न सक्छन् । त्यस्तै सर्जिकल मास्कको गुणस्तर एकै समान हुने हुनाले पनि यो लगाउँदा सुनिश्चित हुन सकिन्छ । तर कपडाको मास्क एकै प्रकारको हुँदैन ।

उसो भए किन कपडाको मास्क लगाउन भनियो ?

माथिको सूचीमा एन ९५ मास्कबारे चाहिँ कतै उल्लेख गरिएको छैन । तिनले पनि उच्च गुणस्तरको सुरक्षा दिलाउँछन् तर अझै कोभिडबाट उच्च जोखिम भएका र स्वास्थ्यकर्मीहरुका लागि मात्र प्रयोग गर्दा उत्तम हुने डाक्टर लिन गोल्डमन बताउँछिन् ।

स्वास्थ्यकर्मीहरु भाइरस सामु बढी सम्पर्कमा आउने हुनाले पनि तिनका लागि उत्तम मानिन्छ । अहिले अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र, सीडीसीले मजाले फिट हुने कपडाको मास्कले पनि कोभिडको फैलावट रोक्न सक्छ भनेको छ तर अझै सकेसम्म सर्जिकल मास्क या केएन ९५ नै सबैभन्दा सुरक्षित विकल्प भएको बताउने गरेको छ ।

यसमा मास्क उचित तरिकाले अनि निरन्तर लगाइरहने हो भने त्यो नै सबैभन्दा प्रभावकारी छनोट हुने विज्ञहरुको भनाइ छ । कपडाको मास्क सजिलो, सस्तो अनि धेरैपटक प्रयोग गर्न सकिने र सँगसँगै फेशनका लागि पनि राम्रो भएकाले नै यसको प्रयोग बढेको छ ।

कस्तो ठाउँमा कुन मास्क लगाउने ?

यदि हामी सामाजिक दुरी कायम गर्न नसकिने, एकदमै भीड ठाउँमा लामो समय बस्नु पर्नेछ जस्तै विमानमा यात्रा गर्दा या कक्षाकोठा अथवा फिल्म हलमा भने त्यस्तो अवस्थामा पक्कैपनि सर्जिकल मास्क नै सबैभन्दा उपयुक्त हुनेछ ।

खोप लगाइसकेको भए पनि सकेसम्म संक्रमित हुनबाट बच्दा नै राम्रो हुने गोल्डमन बताउँछिन् । तर हामी घरबाट नजिकै केही समयका लागि र धेरै मानिसहरुसँग सम्पर्कमा आउन नपर्ने ठाउँमा छौँ जस्तै बच्चालाई स्कुल छाड्न जाँदा या सुपरकार्मेटमा सामान किन्न भने कपडाको मास्क लगाउँदा कुनै फरक पर्नेछैन । तर सर्जिकल मास्क नै भए पनि यदि फिटिङ छैन भने त्यसले काम गर्ने छैन ।
मास्कले हाम्रो नाक र मुखलाई राम्ररी छोपेकै हुनुपर्नेछ । यसमा विशेषगरी नाकमा खुम्चिने रड भएको मास्क उपयुक्त हुनेछ । त्यस्तै मास्कले हाम्रो चिउँडो मुनिसम्म छोपिरहनुपर्ने हुन्छ र गाला पनि राम्ररी ढाक्नै पर्छ । सीएनबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७