‘राजनीतिक परिर्वतन कांग्रेसको नेतृत्वमा भयो, अब समृद्धिको नेतृत्व पनि कांग्रेसले गर्छ’


२१ मंसिर २०७८, मंगलवार
Nagesh Chandra Rai

काठमाडौं : १३ औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको छ । यही मङ्सिर २४ देखि २६ गतेसम्म १४औँ महाधिवेशन काठमाडौँमा हुन लागेको कांग्रेसको महाधिवेशनबाट कस्तो नेतृत्व छान्ने ? यो बिषयमा पनि प्रतिनिधिहरुविच छलफल र संवाद सुरु भएको छ ।

टोलदेखि जिल्ला, प्रदेश र केन्द्रका नेताहरु नेपाली कांग्रेसका नेतृत्वको बिषयमा केन्द्रीत छन् । नेतृत्व चयनमा प्रजातान्त्रिक प्रक्रिया अपनाए पनि उच्चस्तरको एकता सहित महाधिवेशन हुनुपर्ने नेपाली कांग्रेस सुनसरीका उपसभापति नगेशचन्द्र राईको धारणा छ ।

चार दसक अघिदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल उपसभापति राई कांग्रेसको विभिन्न समिति हुदै सुनसरीको सहसचिव हुदै अहिले उपसभापति छन् ।

कांग्रेसका अनेक अरोह अवरोह देखेका उपसभापति राई अहिलेको आबश्यकता बलियो र शक्तिशाली कांग्रेस भएको बताउछन् । उनी भन्छन्, ‘अब यो महाधिवेशन लगत्तै स्थानीय तह, केन्द्र र प्रदेशको निर्वाचन हुदैछ । यो निर्वाचनमा कांग्रेस पहिलो बनाउनको निम्ती पनि यो महाधिवेशनले नयाँ उत्साह सञ्चार गर्नुपर्दछ ।’

यो महाधिवेशनबाट अनुभवी र युवाहरु सम्मिलित नेतृत्व निर्माण गर्न सके राम्रो हुने उनको मत छ । भन्छन्, ‘पुराना नेताहरुको ज्ञान, अनुभव र नयाँ युवा नेर्ताहरुको उर्जाको संयोजन भयो भने पार्टी बलियो हुन्छ ।’ २००७ सालको क्रान्ति, २०४६ जन आन्दोलन, २०६२/०६३ दोस्रो आन्दोलनको नेतृत्व गरेको कांग्रेसले अब समृद्धिको अगुवाई पनि कांग्रेसले गर्नुपर्ने उनको भनाई छ ।

भन्छन्, ‘राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापना, राजतन्त्रको अन्त्य संविधानसभाको निर्वाचन तथा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा, कांग्रेसकै कारण शान्ति प्रक्रिया र संविधान निर्माण सम्भव भयो । अब देश निर्माण कांग्रेसको नेतृत्वमा हुनेछ । त्यसको लागि यो महाधिवेशनले ऐतिहासिक काम गर्नुपर्छ ।’

जहाँनिया राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो ।

सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रुपमा लिइन्छ। उक्त अधिवेशनले तत्कालीन अवस्थामा टङ्प्रसाद आचार्यलाई सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनाएको थियो । पार्टी स्थापना भएको झण्डै आठ दशकपछि हुन लागेको महाधिवेशनपछि कांग्रेसले नयाँ जीवन पाउने उनको विश्वास छ ।

कांग्रेस कमजोर हुदा संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने उनको भनाई छ । भन्छन्, ‘यसबीचमा कांग्रेस कमजोर हुदा संबिधान, व्यवस्था र प्रणाली बिरुद्ध नै कदम चालियो । अब लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन बलियो कांग्रेस जरुरी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७