१२ देखि १८ वर्षसम्मका बालबालिकालाई यहि हप्ताभित्र मोर्डनाको खोप


२१ मंसिर २०७८, मंगलवार
corona khop 1
फाइल फोटो

काठमाडौं, २१ मंसिर । सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको मोर्डना खोप यही हप्ताभित्र दिने तयारी गरेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त भएका ८८ हजार डोज मोर्डना खोप हिमाली क्षेत्रका १५ जिल्लाका बालबालिकालाई विद्यालयमार्फत् वितरण गरिने परिवार कल्याण महाशाखाअन्तरगत खोप शाखाले जनाएको छ ।

सरकारले यसअघि फाइजर खोप पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो । यो उमेरका बालबलिकाका लागि सरकारले थप ४० लाख डोज मोर्डना र ६० लाख डोज फाइजर खोप पनि खरिद गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७