स्थानीय तहका १,६१३ कर्मचारीको एकैपल्ट सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


२१ मंसिर २०७८, मंगलवार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं, २१ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत १,६१३ कर्मचारीको मंगलबार एकैपल्ट सरुवा गरेको छ ।

मन्त्रालयले लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाई दिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा उनीहरुको सरुवा गरेको हो । लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिएका छन् ।

लोकसेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारीको छनोट प्रदेशगत रुपमा गरिएको थियो । हाल आफूलाई पायक पर्ने स्थानीय तहमा कामकाजमा जान खोज्ने कर्मचारीको प्रवृत्ति देखिएपछि सरुवा गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तर स्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्ने हुन्छ ।

यसरी दोहोरो सहमति लिएर निवेदन पेस गरेका स्थानीय तहका कर्मचारीको सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अन्तर स्थानीय तह कामकाजमा खटिनका लागि निवेदन दिएका ५७ कर्मचारीको विवरणमा कैफियत देखिएकाले सरुवा गर्न नसकिएको पनि जानकारी दिएको छ ।
हेर्नुस् सरुवाको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७