प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुध्रिदैन : ओली


२१ मंसिर २०७८, मंगलवार
kp oli

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबराले राजीनामा दिंदैमा न्यायालय नसुध्रिने बताएका छन् । उनले न्यायालय स्वतन्त्र नरहेको बताएका छन् । नेपाल बारका पदाधिकारीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

‘तपाईंहरुको असहमति जनाउनु पर्ने आवश्यकता छैन । न्याय प्राप्त गर्नु नागरिकको अधिकार हो’, उनले भने, ‘न्याय दिने प्रमुख थलो सर्वोच्च अदालत हो । संविधान र कानुन बमोजिम न्याय दिन्छ । त्यसका लागि उ निष्पक्ष हुनुपर्छ । स्वच्छ हुनुपर्छ । न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष रह्यो । तपाईंहरुले स्वच्छताको प्रश्न उठाउनु भयो निष्पक्षतामा प्रश्न उठाउनु भएन ।’

उनले अहिले न्याय क्षेत्र ध्वस्त भएको बताए । ‘अहिले न्याय क्षेत्र ध्वस्त भइसकेको छ । हामी चाहन्छौं, यस स्थितिबाट साँच्चैको स्वतन्त्र र निष्पक्ष बनाउनु पर्छ । हामीले स्वतन्त्र न्यायालयको निकै कुरा गर्‍यौं’, उनले भने, ‘क्यान्सर भएको छ भने कुखुरा मन्साएर निको हुँदैन । पुराना फैसलातिर जान्न । अहिलेको हेरौं, फैसला कसरी भएको रहेछ भन्ने कुरा एक जना राजनीतिक नेताले भन्नुभयो-तपाईंहरुले असाधारण भूल गर्नु भएको छ । गुन लगाउनु भएको छ । पहिले विभूषणबाट भयो । पछि लेनदेनका कुरा भए । प्रधानन्यायाधीशले यति गर्दा किन राजीनामा गर्दिन भन्नु भएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७