१८ वर्षीया किशोरीमाथि १० जनाबाट सामुहिक बलात्कार, जनही १३ वर्ष कैद


२१ मंसिर २०७८, मंगलवार
Rape for nayapage

नवलपरासी, २१ मंसिर । एक १८ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गर्ने १० जनालाई नवलपरासी जिल्ला अदालतले जनही १३ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना तोकेको छ ।

दुई वर्षअघि जबरजस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामुहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले जानकारी दिए । सोमबारको इजलासले गरेको कैद सजायसँगै जनही एक लाख रूपैयाँ जरिवानास्वरूप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको बताइएको छ । घटनामा संलग्न १० मध्ये ९ जना घटना लगत्तै पक्राउ परेका थिए भने एक जना अझै फरार छन् ।

जिल्लाको सुस्ता गाउँपालिका-३ बस्ने १८ वर्षीया किशोरीलाई २०७६ भदौ २२ गते उनीहरूले सामुहिक बलात्कार गरेका थिए । घटनामा संलग्न भएर सजाय पाउनेमा सुस्ता गाउँपालिका-३ फेनरहवा र सेखवानी गाउँका हुन् । उनीहरू सबैको उमेर १९ देखि ४० वर्ष छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७