अब एमाले र राप्रपा मिल्न सक्छन् : माधव नेपाल

‘एमालेको सबै सम्पत्ति ओलीले खोसेका छन्, हकदावी गर्छौ’


२१ मंसिर २०७८, मंगलवार
Madhav Nepal

सुनसरी, २१ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी केपी ओलीको निजी कम्पनी भएको बताएका छन् । अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा ओलीले राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादीसँग एक गर्ने समेत दाबी गरे ।

सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश-१ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको टिप्पणी समेत गरे । एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताए ।

उनले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको समेत बताए । अध्यक्ष नेपालले एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएको समेत दाबी गरे । उनले गठबन्धनको सरकारमा सहभागी दलका अघि ओलीको केही नलाग्ने ठोकुवा समेत गरे ।
अध्यक्ष माधवकुमार नेपालले तत्कालीन एमालेको सबै सम्पत्ति केपी ओली समूहले खोसेको आरोप लगाएका छन् । नेपालले तत्कालीन एमालेको सम्पत्ति अहिले सबै एकलौटी हडपेको बताएका हुन् । नेपालले उक्त सम्पत्तिमा आफूहरुको समेत भाग लाग्ने बताउँदै कानुनी प्रक्रिया अनुसार हकदावी गर्ने समेत बताए ।

जोड्दै जाने हो भने कति अरब पुग्ने हो, भौतिक सम्पत्ति छ, नगद पनि छ । ती सबै खोसेर लगेका छन् । उनैले । कब्जा गरेको छ । नेपालले भने ‘तर पनि केही भएको छैन । फेरि आर्जन गरौंला । हक लाग्छ भने त्यो पनि हकको लागि कानुनी उपायहरू पनि खोजौंला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७