शेरबहादुर देउवाबाट ममाथि पटक-पटक राजनीतिक हिंसा भयो : गुरु घिमिरे


२१ मंसिर २०७८, मंगलवार
Gururaj Ghimire

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाबाट आफूमाथि पटक-पकट राजनीतिक हिंसा भएको आरोप लगाएका छन् ।

उनले आफूमाथि सत्ताले लगातार आक्रमण गरेको आरोप लगाए । सत्ता सत्यसँग डराएको हुँदा आफूमाथि बेइमानी भएको बताए । ‘ओलीको निरंकुशतामा आवाज नउठाएको भए सभापति प्रधानमन्त्री बन्न सक्नु हुँदैन थियो’, उनले भने, ‘४१ महिनापछि सभापति प्रधानमन्त्री बन्नु भयो । राजनीति हिंसाको शुरुवात देउवाबाटै भएको हो ।’

उनले थपे, ‘पहिले मलाई क्षेत्रबाट सिफारिस भएको टिकट दिइएन । पहिलो राजनीतिक हिंसा त्यहाँबाट भएको थियो । अहिले पनि धनवाद-डनबाद सबै देखियो । मत लुटिएका छन् । मेरै आँखा अगाडि मत लुटिएका छन् । अहिले सत्ताको दुरुपयोग गरेर ममाथि राजनीतिक हिंसा गर्नुभएको छ । अहिलेको चुनावमा बाहिरको पाखण्ड र ढोंङ्ग पनि देखियो । मन्त्री सबै मोर्चाबन्दी गरेर पैसाको खोलो बगाएको पनि देखियो ।’

उनले कन्फ्युजनको प्रचार गरिएको भन्दै अन्तिममा चामत्कारिकरुपमा दुई मतले पराजित गरेको आरोप लगाए । ‘१,६३४ भोट गन्दा लिडमा थिएँ, अन्तिममा घटाएर चमत्कारिकरुपमा दुई मतले हारेको घोषणा गरियो’, उनले थपे, ‘पुनः मतगणनाको माग गरेको छु । अहिले केन्द्रीय निर्वाचन समितिमा आए पनि आलटाल गरिरहेको छ । केन्द्रबाट निर्देशन आए गर्छौ भनेको छ । मैले प्रतिष्पर्धा गरेको फेरि हेर्न पाउँ भन्दा पनि निर्देशन दिइएको छैन । तुरुन्त निणर्य गर्न भनेको छु तर हुन सकेको छैन । यो अर्को अधिनायकवाद र निरंकुशता हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७