एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्नेलाई २४ फाइदा


२१ मंसिर २०७८, मंगलवार
NIC Sarbashrestha Bachat Khata 1 x 1 n7agqGQGBf

काठमाडौं, २१ मंसिर । बैंकहरूले आफ्ना ग्राहकहरूलाई बचतमा निकै आकर्षक फाइदा दिइरहेका छन् । एनआइशी एशिया बैंकले भने बचत खातामा ब्याजदरमात्रै नभएर अन्य फाइदाहरू समेत दिइरहेको छ । ग्राहकको आवश्यकतालाई समेत ख्याल गरी बैंकले नयाँ नयाँ प्रोडक्टहरू ल्याउने गरेको छ । सोही क्रममा बैंकले सर्वश्रेष्ठ बचत खाता नामक नयाँ निक्षेप प्रोडक्ट ल्याएको छ । यस प्रोडक्मार्फत ग्राहकले २४ वटा अतुलनीय तथा असिमित फाइदाहरू पाउँनेछन् ।

के–के छन् २४ फाइदा ?

बैंकले २४ औं वार्षिकोत्सवका अवसरमा सर्वश्रेष्ठ बचत खातामा २४ फाइदाहरू बीमा सम्बन्धी तीन वटा, कर्जा सम्बन्धी तीन वटा र थप अन्य १८ फाइदाहरू समेत बैंकले ग्राहकका लागि उपलब्ध गराएको छ । सर्वश्रेष्ठ बचत खातामा सर्वाधिक ब्याजदरका साथमा बीमाका फाइदा साथै अन्य अतुलनीय फाइदाहरू रहेका छन् ।

बैंकिङ क्षेत्रमै बीमामा धेरै फाइदा दिने एनआईशी एशिया एक हो । बैंकले ल्याएको यस खातामा १० लाख रुपैयाँसम्मको १८ वटा विभिन्न घातक रोगको बीमा, १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा सुविधा रहेको छ । यो खाता खोलेका ग्राहकलाई ओपीडीमा मात्रै २० हजार रुपैयाँको बीमा उपलब्ध छ । जुन बैंकिङ क्षेत्रकै धेरै फाइदा हो । सोही अनुसार बैंकले विगत दुई वर्षमा ल्याएको विभिन्न खातामा हालसम्म बीमाबाट ६५५ ग्राहकहरूलाई ३ करोड ९५ लाख रुपैयाँ भन्दा बढि फाइदा दिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७