सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो ‘सांग्रिला रेमिट’


२१ मंसिर २०७८, मंगलवार
shangrila bank

काठमाडौं, २१ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रूपमा रकम स्थानान्तरण गर्ने सुविधासहित सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ । नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टमार्फत नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सीधै रकम पठाउन तथा बैंक खातामा सजिलै रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले संचालनमा रेमिट सेवा आन्तरिक विप्रेषण प्रवाहका लागि हो । विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको रकमसमेत बैंकिङ्ग प्रणालीबाट नेपालमा ल्याइ सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिन अन्तराष्ट्रिय रेमिट्यान्स सेवासमेत छिट्टै संचालनमा ल्याउने बैंकले जनाएको छ । ​सांग्रिला डेभलपमेन्ट बैंक स्थापना भएको १६ वर्ष पुगेको छ । देशभर बैंकका १०४ शाखा र ३१ एटीएम सञ्चालनमा छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो ‘सांग्रिला रेमिट’
भहउयिचभकाठमाडौं बअअभकक)तष्mभमंसिर २०,

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७