नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएका दुवै जना कोरोना संक्रमणमुक्त


२२ मंसिर २०७८, बुधबार
Omicron Virus KNmtMCm4wM

काठमाडौं, २२ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएका दुईजना व्यक्तिको पिसिआर रिपार्ट नेगेटिभ आएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको पिसिआर परीक्षणमा रिपार्ट नेगेटिभ आएको हो ।

एक विदेशी र उनको सम्पर्कमा रहेका अर्का व्यक्तिको स्वाब परीक्षण गर्दा मंसिर १९ गते कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले दुवैजनाको पिसिआर रिपार्ट नेगेटिभ आएको बताए । उनले भने, ‘उहाँहरू कोरोनामुक्त हुनुभयो, यसअघि पिसिआर गर्दा ओमिक्रोन भेरियन्ट देखिएको थियो ।’

दक्षिण अफ्रिका हुँदै नेपाल आएका ६६ वर्षीय र ७१ वर्षीय दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । ती विदेशी नागरिक मंसिर ३ गते ओमिक्रोन पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए । उनीहरू आउँदा नियमानुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्र पूरा गरेको पाइएको थियो । मंसिर ७ गते कोभिड १९ सँग मिल्दाजुल्दा लक्षणहरू देखिएपछि परीक्षण गर्दा उनी र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएकाहरूमा क्-नभलभ परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीतिअनुरूप परीक्षण गर्दा दुवैजनाको नमुनामा S–gene फेला परेको थिएन । S–gene फेला नपरेका उक्त दुवै नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेनसिङ गर्दा मंसिर १९ आइतबार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो । नयाँ पत्रिका दैनिकबाटबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७