कस्तो रहला आजको मौसम ?


२२ मंसिर २०७८, बुधबार
kathamandu upatiyaka scaled

काठमाडौं, २२ मंसिर । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले बताएका छन् । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (बुधबार) दिउँसो प्रदेश नम्बर-१ को भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । प्रदेश-१ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश-१ र प्रदेश नम्बर-२ का भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७