एम्बाप्पेले तोडे मेस्सीको रेकर्ड


२२ मंसिर २०७८, बुधबार

काठमाडौं, २२ मंसिर । क्लब ब्रग्सलाई हराउने क्रममा गोल गर्दै किलियान एम्बाप्पेले च्याम्पियन्स लिगमा लियोनेल मेस्सीको कीर्तिमान भङ्ग गरेका छन् । योसँगै एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पुरा गर्ने पहिलो सबैभन्दा कान्छो खेलाडी बनेका हुन् ।

खेलको सात मिनेटभित्र नै एम्बाप्पेले पेरिस सेन्ट जर्मेनलाई दुई गोलको अग्रता दिलाएका थिए । एम्बाप्पेको प्रतियोगितामा ३१ गोल पुगेको छ । ३० गोल पुरा गर्न २२ वर्ष र ३५२ दिन लागेको थियो । मेस्सीलाई यही कोशेढुंगा पार गर्न २३ वर्ष र १३१ दिन लागेको थियो । त्यसपछि एम्बाप्पले खेलको ३८ औँ मिनेटमा लियोनेल मेस्सीका लागि गोलको अवसर सिर्जना गरे ।

खेलको ६८ औँ मिनेटमा पाहुना टोलीका लागि रिट्सले एक गोल फकाए पनि ७६ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । ३४ वर्षीय खेलाडीको प्रतियोगितामा ३८ औं फरक टोलीविरुद्धको गोल थियो । उनले यसमा क्रिस्टियानो रोनाल्डोको रेकर्डलाई बराबरी गरेका छन् । जीतका बावजुद पीएसजी समूह एको दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७