कांग्रेस महाधिवेशन : टिम तयार गर्न बूढानीलकण्ठमा देउवाको छलफल


२२ मंसिर २०७८, बुधबार
deuwa scaled

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि संस्थापन र इतर समूह आ-आफ्नो तयारीमा जुटेका छन् ।
यसै क्रममा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनका विषयमा आफू निकट नेताहरूसँग आज छलफल गर्दैछन् । फेरि सभापतिमा उठ्ने तयारीमा रहेका देउवाले पदाधिकारीका विषयमा छलफल गर्न लागेका हुन् ।

त्यसका लागि देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा आज बिहान ९ बजे आफू निकट नेताहरूलाई बोलाएका छन् । छलफलपछि पदाधिकारीसहितका उम्मदेवारको टुंगो लगाउने तयारी रहेको बताइएको छ । विभिन्न पदमा आकांक्षी धेरै हुँदा देउवालाई आफ्नो टिम तयार गर्न हम्मे परेको छ ।

कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । महाधिवेशनमा छुट्टाछुट्टै प्यानलसहित प्रतिस्पर्धा गर्ने संस्थापन र संस्थापन इतर समूहको तयारी छ । साझा सभापतिको उम्मेद्वार टुङ्गो लगाउन इतर समूहको पनि आज वैठक बस्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७