यी हुन् अहिलेसम्म छानिएका कांग्रेसका ४,३१९ महाधिवेशन प्रतिनिधिहरू (सूचीसहित)


२२ मंसिर २०७८, बुधबार
congress flag tLsSchTHdS

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ सूची पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । केन्द्रीय निर्वाचन समिति सदस्यसचिव जगन्नाथ श्रेष्ठले दिएको जानकारीअनुसार हालसम्म ४,३१९ महाधिवेशन प्रतिनिधिहरूको सूची सार्वजनिक भएको हो । यो सूचीमा अझै थप हुने समितिले जानकारी दिएको छ । सूचीमा भातृसंस्था, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट आउने महाधिवेशन प्रतिनिधिहरूको संख्या उल्लेख गरिएको छैन ।

‘हामीले प्रारम्भिक सूची सार्वजनिक गरेका हौं, यसमा भातृ, शुभेच्छुक, जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको संख्या समावेश गर्न बाँकी छ’, सदस्य सचिव श्रेष्ठले सुनाए ।
प्रारम्भिक सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७