महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका विश्वप्रकाशलाई सहमहामन्त्रीमा बस्न देउवाको प्रस्ताव


२२ मंसिर २०७८, बुधबार
Bishwopraksh Sharma

काठमाडौं, २२ मंसिर । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई सहमहामन्त्रीमा बस्न सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका छन् ।

देउवा निकट एक केन्द्रीय सदस्यले अहिले बूढानीलण्ठमा सो समूहको बैठकस्थलबाट दिएको जानकारीअनुसार यसअघि पनि देउवाले शर्मालाई सहमहामन्त्रीमा उम्मेदवार बन्न सुझाव दिएका थिए । तर शर्मा तयार नभएको स्रोतले जानकारी दिएको छ ।
‘विश्वप्रकाश शर्मालाई सँगै राखेर सहमहामन्त्रीमा मनाउने उहाँले प्रयास गर्नु भएको छ’, स्रोत भन्छ, ‘विश्वप्रकाश तयार हुनु भएको छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७