भक्तपुरमा कुटपिट गरी युवकको हत्या


२२ मंसिर २०७८, बुधबार
death

भक्तपुर, २२ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बालकोटको सीमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका-३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

गए राति करीब पौने १० बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरी घर जाने क्रममा हनुमन्ते फलामे पुल काटे लगत्तै कुटपिट गरी श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकबहादुर जीसीले जानकारी दिए ।

उनका अनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत घोषित गरेको उनले जानकारी दिए । उनले मृतक श्रेष्ठको मुखमा गहिरो चोट रहेकोले कुटपिटबाट तथा तथा हतियार प्रयोग गरेको हुनसक्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७