१५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने


२२ मंसिर २०७८, बुधबार
moderna covid 19 vaccine

काठमाडौं, २२ मंसिर । कोभिड-१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप भोलि (बिहीबार) नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप ल्याउन लागिएको हो ।

आगामी आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप ल्याइने विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । यससँगै नेपाल भित्रने मोडर्ना खोपको कूल संख्या ३६ हजार ५१ हजार ६०० डोज पुग्नेछ । यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप ल्याइएको थियो ।

यस्तै कोभिशिल्डको ६ लाख डोज आज आइपुग्ने थापाले जानकारी दिए । यो खोप दिउँसो २ बजे नेपाल भित्रने छ । कोभ्याक्स सुिवधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७