प्रेमीसँग मिलेर श्रीमानको हत्या, कारको डिक्कीमा शव हालेर घुमाए


२२ मंसिर २०७८, बुधबार
death

नयाँदिल्ली, २२ मंसिर । भारत मध्य प्रदेशको राजधानी भोपालमा प्रेमीसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । उनले आफ्नो प्रेमीको साथमा पतिको शव कारको डिक्कीमा हालेर केहीबर घुमिइन् । पक्राउ परिन्छ भन्ने डर लागेपछि उनीहरुले प्रहरीसामु आत्मसर्मपण गरेका थिए ।

घटना मंगलबारको हो । अपरान्ह एक महिला प्रहरी चौकी पुगेर आफ्नो प्रेमीसँग मिलेर पतिको हत्या गरेको प्रहरीलाई बताएकी थिइन् । सुरुमा त प्रहरीले ती महिलाको कुरा सुनेर पत्याएनन् । लगत्तै प्रहरीले कारको डिक्की खोल्दा त्यहाँ रगतले लतपतिएको शव भेट्यो । प्रहरीले तत्काल ती महिला र उनको साथमा आएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

संगीता नाम गरेकी ती महिलाले आफ्नो पतिले आफूमाथि शंका गर्ने र आफ्नो चरित्रमाथि प्रश्न उठाउन थालेपछि प्रेमीसँग मिलेर पतिको हत्या गरेको बयान प्रहरी समक्ष दिएकी छन् । संगीता उनका छिमेकी पेशाले इन्जिनियर आशीष पाण्डेसँग प्रेममा थिइन् । उनले पाण्डेसँग मिलेर पति धनराजको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको भारतीय सञ्चारमाध्यमहरुमा समाचार छ । आफ्नी पत्नीको पाण्डेसँग सम्बन्ध रहेको थाहा पाएपछि पति/पत्नीबीच झगडा भइरहन्थ्यो । त्यही कारण पत्नीले प्रेमिसँग मिलेर पतिको हत्या गर्ने योजना बनाएकी थिइन् ।

यसरी गरिन् पतिको हत्या
हत्या गर्ने रात संगीताले श्रीमान् धनराजलाई काडाँ पानी बनाएर दिइन् । त्यसमा पतिले थाहा नपाउने गरी स्लीपिङ ट्यावलेटको १० गोली हालिदिइन् । त्यस पछि धनराज सुते र उनी मस्त निदाए ।

त्यसपछि संगीताले आफ्नो प्रेमी पाण्डेलाई घरमा बोलाइन् । पाण्डेले मस्त निदाइरहेका धनराजको टाउकोमा पटक-पटक रड प्रहार गरेर हत्या गरे । हत्यापछि शव आफ्नो गाडीको डिक्कीमा राखे र दुवैजना मिलेर शव व्यवस्थापन गर्न खोजे । तर, उनीहरुले जसरी भएपनि प्रहरीले आफूहरुलाई पक्राउ गर्ने अनुमान गरे । त्यसपछि लगत्तै उनीहरुले प्रहरीसमक्ष आत्मसर्मपण गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७