कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेद्वारी घोषणा


२२ मंसिर २०७८, बुधबार

काठमाडौं, २२ मंसिर । कांग्रेसकी नेतृ एवं पूर्व राज्यमन्त्री सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले आदिवासी जनजातितर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । सभापति शेरबहादुर देउवा निकट नेतृ गुरुङ हाल केन्द्रीय आदिवासी जनजाति विभागकी प्रमुख समेत हुन् ।

कांग्रेसले यसपटक खस आर्य, महिला, मधेसी, आदिवासी जनजाति, दलितलगायत आठवटा समावेशी समूहबाट सहमहामन्त्री बन्ने व्यवस्था गरेको छ । ‘पार्टीको पदाधिकारीमा महिलाको संख्या बढ्नुपर्छ, मैले लामो समयदेखि पार्टी र आदिवासी जनजाति समुदायको कार्य गर्दै आएको छु,’ गुरुङले सञ्चारकर्मीसँग भनिन्, ‘त्यहीकारण पनि मैले महिलातर्फ होइन, आदिवासी जनजातितर्फ नै सहमहामन्त्रीको दाबी गरेकी हुँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७