भारतीय सेना प्रमुख विपीन राउतसहितका उच्च अधिकारी चढेको हेलिकोप्टर दुर्घटना


२२ मंसिर २०७८, बुधबार
thumb 3

नयाँदिल्ली, २२ मंसिर । भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन राउतसहितका उच्च सैनिक अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । राउत भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष हुन् । हेलिकोप्टरमा १४ जना सवार रहेको बताइएको छ ।

india

उनी आफ्नी पत्नीका साथ वेलिंगटनमा हुने एक कार्यक्रममा सहभागी हुन जाँदै थिए । सो कार्यक्रममा रावतले लेक्चर दिने कार्यक्रम थियो । कुन्नुरको घना जङ्गलमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकोप्टरमा भारतीय सेनाका अधिकृत सवार थिए । तमिल नाडुको निलगिरी जिल्लाको कुन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो ।

FGEmOCuUcAA37kz
FGEkRl3VEAEQH8u

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७