कांग्रेस महामन्त्रीमा संस्थापन पक्षबाट तीन नेताको दावी


२२ मंसिर २०७८, बुधबार
adfkmdkgm1638951669

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षीय बैठकमा आसन्न १४ औं महाधिवेशनमा तीन नेताले महामन्त्री पदमा दावी गरेका छन् ।

बूढानीलकण्ठमा जारी बैठकमा वर्तमान सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँण र नेता एनपी साउदले महामन्त्रीको दाबी गरेको एक नेताले जानकारी दिएका छन् । महामन्त्रीको उम्मेदवारका रूपमा हेरिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने भर्खरै बैठकमा प्रवेश गरेका छन् । त्यस्तै, सहमहामन्त्रीमा डा. डिला संग्रौला, मीन विश्वकर्मा, मोहन बस्नेतलगायत नेताहरूले दाबी गरेका छन् ।

महत र साउद भने सरकारी भूमिकामा छैनन् । यी तीनैजना देउवाका विश्वास पात्र मानिन्छन् । बैठकमा अनुपस्थित कार्कीलाई पनि महामन्त्रीका एक प्रत्यासीका रुपमा हेरिएको छ ।

इतर समूहबाट महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल र प्रदीप पौडेलसहितले दाबी गरिरहेका छन् । उता सहमहामन्त्री पदमा १२ जना भन्दा धेरै नेताहरुले दाबी गरेका छन् । कांग्रेसको विधानमा आठजना सह-महामन्त्री हुने व्यवस्था छ । त्यहीकारण यो पदमा आकांक्षीको संख्या पनि संस्थापनमै दर्जन नाघेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७