भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटनाग्रस्त, ११ जनाको शव बरामद (अपडेट)


२२ मंसिर २०७८, बुधबार
thumb 3

नयाँदिल्ली, २२ मंसिर । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत सवार रहेको भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको ट्वीटअनुसार एमआई-१७ बी ५ हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त हेलिकोप्टरमा रावत पत्नीसहित १४ जना सवार रहेको भारतीय सञ्चारमाध्यम आज तकले जनाएको छ । हालसम्म ११ जनाको शव बरामद गरिएको समाचारमा उल्लेख छ ।

FGEmOCuUcAA37kz

दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खराब मौसमको कारणले दुघर्टना भएको पूर्वानुमान गरिएको छ । दुघर्टनाबारे विस्तृत अध्ययन गर्न भारतीय वायु सेनाले जाँचको आदेश दिएको छ ।
जेनेरल रावत १ जनवरी २०२० मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त भएका थियो । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) रावतको अवस्थाबारे केही पनि बताइएको छैन । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७