२८० मा कोरोना संक्रमण, ३६६ जना निको, दुईको मृत्यु


२२ मंसिर २०७८, बुधबार
korona

काठमाडौं, २२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९,१६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने ३६६ जना निको भएका छन् । यस्तै काठमाडौं उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७