साझा उम्मेद्वार टुङ्गो लगाउन चाक्सीबारीमा पौडेल पक्षको वैठक शुरु

प्रकाशमान र शशांकबीच ‘वान टु वाट’ वार्ता


२२ मंसिर २०७८, बुधबार
Congress leaders ramchandra gut

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुरु भएको छ । पार्टीको आसन्न १४औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन बैठक बस्न लागेको हो । आकांक्षी नेताहरु सहमतिको प्रयासका लागि बैठक बसेको नेता गगन थापाले जानकारी दिएका छन् ।

‘छलफल गरेर साझा उम्मेदवार तय गर्न नेताहरुलाई भनेका छौं । बैठकमा केन्द्रीय सदस्यहरु र वरिष्ठ नेताको सहभागी हुन्छ’ उनले भने । बिहानैदेखि छलफलमा जुटेको संस्थापन इतर समूहमा अझै सहमति हुन सकेको छैन । बिहान संस्थापन इतर समूहका जिल्ला सभापति, प्रदेशसभा निर्वाचनमा विजयी तथा आकांक्षी नेतासहितका नेताहरुको छलफल भएको थियो भने त्यसपछि पौडेल समूहका केन्द्रीय सदस्यहरूबीच छलफल भएको थियो ।

सो छलफलमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच सहमति हुन नसकेको सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै उम्मेदवारको प्रस्ताव गर्ने निणर्य भएको थियो । यही निष्कर्षका साथ प्रकाशमानको निवासमा केन्द्रीय सदस्यसहितको संयुक्त बैठक बसेर उम्मेदवारको टुङ्गो लगाउने तय भएकोमा सो अघि प्रकाशमान र महामन्त्री शशांक कोइरालाबीच ‘वान टु वाट’ वार्ता भएको छ ।

चाक्सिबारीस्थित प्रकाशमानको निवासमा भएको दुई नेताको भेटवार्तालाई अर्थपूणर् रुपमा हेरिएको छ । यद्यपि छलफलको विषय सार्वजनिक भएको छैन । शशांकले मंगलबारको छलफलमा आफू सभापतिको दौडबाट ब्याक हुने संकेत गरेका थिए भने रामचन्द्र पौडेलले पनि प्रकाशमान र शशांकबीच सहमतिको आग्रह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७