सन्दीप लामिछाने आबद्ध होबार्ट पहिलो खेलमा १४ रनले पराजित


२२ मंसिर २०७८, बुधबार
sandeep lamichhane in hobart MAFgumrd8L

काठमाडौं, २२ मंसिर । अस्ट्रेलियाको टी-२० लिग बिग बाशमा नेपालका बलर सन्दीप लामिछाने आबद्ध क्लब होबार्ट ह्युरिकेन पराजित भएको छ । आज (बुधवार) भएको होबार्ट ह्युरिकेन्स सिड्नी सिक्सरसँग १४ रनले पराजित भयो ।

सिक्सर्सले दिएको १४५ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १३० रनमात्रै बनाउन सक्यो । होबार्टका लागि पिटर ह्यान्ड्सकम्बले ४७, म्याथ्यु वेड र कलेब जेवलले २०-२० रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ सिक्सर्सका लागि टम करनले तीन र हेडेन केरले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिक्सर्सले निर्धारति ओभरमा नौ विकेट गुमाएर १४४ रन बनायो । होबार्टका लागि थोमस रोजर्सले तीन र नाथन इलिसले दुई विकेट लिए । आजको खेलमा सन्दीप लामिछानेले चार ओभरमा २४ रन दिएर एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७