पौडेल समूहले साझा उम्मेद्वार टुङ्गो लगाउन सकेन, अब केन्द्रीय सदस्यले विकल्प दिने

सभापतिमा प्रकाशमान र शेखरकाे दावी कायमै


२२ मंसिर २०७८, बुधबार
congress leader 232021 12 07 10 28 21

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको चाक्सीबारीमा बसेको बैठक बिना निष्कर्ष सकिएको छ । पदाधिकारीको साझा उम्मेद्वार टुङ्गो लगाउन नसकेपछि बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

सहमतिको प्रयासका लागि आकांक्षी नेताहरु र केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह निवास चाक्सीबारी पुगेका थिए । बैठक बिहीबार विहान ८ बजे बस्ने छ । अब भोलि आकांक्षीहरु बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने र विकल्प सुझाउने नेताहरुले बताएका छन् ।

१४औं महाधिवेशन पर्सि २४ गतेदेखि शुरु हुनेछ । तर पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैन । महामन्त्री डा. शशांक कोइरालाले तीन नेताबीच सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् भने वरिष्ठ नेता पौडेलले आकांक्षीद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफूले पनि स्वीकार गर्ने बताएका छन् । नभएको अवस्थामा आफ्नो नेतृत्वमा सहमति हुनुपर्ने उनको भनाई छ ।

तर सिंह र कोइराला सभापतिको दाबी छाड्न तयार छैनन् । बुधबार भएको छलफलमा पनि सिंहले आफ्नो नेतृत्वमा सहमति हुनुपर्ने तर्क गरेका थिए । अरुले भने सहमति खोजौं भनेको केन्द्रस्य सदस्य गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार अब भोलि सभापतिका आकांक्षी चार नेता बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने छ र सहमतिका विकल्पहरु नेताहरुलाई सुझाउने छ । नेता घिमिरेले भने, ‘एक-दुई घण्ट छलफल गछौं र आएर संगै बस्छौं र एउटा टुंगोमा पुग्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७