अबदेखि ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना कारबाही स्थलबाटै भुक्तानी गर्न पाइने


२२ मंसिर २०७८, बुधबार
trafice

काठमाडौं, २२ मंसिर । अबदेखि ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना कारबाही स्थलबाटै भुक्तानी गर्न पाइने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि ‘अन द स्पट’ ट्राफिक नियम उल्लंघनबापतको जरिवाना तत्कालै सोही स्थानबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु गर्ने भएको हो।

यसका लागि बिहीबार महाशाखाले एक कार्यक्रमको आयोजना गरेको छ। महाशाखाका अनुसार जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिन सक्ने प्रणाली सुरु गर्न लागिएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७