पशुपतिमा सामुहिक बेल बिबाह (फोटोफिचर)


२३ मंसिर २०७८, बिहीबार
bel bibaha बेल बिबाह 11 scaled

काठमाडौं, २२ मंसिर । काठमाडौंको पशुपतिमा मंगलबार सामुहिक बेल विवाह भएको छ। नेवार समुदायको प्रचलन अनुसार नेवार बालिकाहरुको बेल विवाह गरिएको हो।

नेवार जातिमा प्रचलनमा रहेको ईही अर्थात् बेल विवाह गर्ने दिन बालिका दिनभर व्रत बसेर बालिका रजश्वला हुनुअगाडि गर्ने प्रचलन रहेको छ ।
त्यस दिन बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी ईही गर्ने बालिकाका बुवाले इष्ट देवतासँग विधिवतरूपमा सम्बन्ध गाँस्ने काम गर्दछन्।

bel bibaha बेल बिबाह 4

नेवार कुलमा जन्मेकी छोरीको तीनपटक विवाह हुन्छ तर तीनैपटक वर (पुरुष)सँग बिहे हुने होइन । रजस्वला हुनुअघि नै पहिलो बिहे गरिन्छ, भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसित यसलाई नेवार भाषामा इहि भनिन्छ। इहिपछि बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ। यस क्रममा सूर्यदर्शन अर्थात् सूर्यसँग विवाह हुन्छ भने तेस्रोपटक वर (पुरुष) सँग विवाह हुने सुरेन्द्र श्रेष्ठले बताए ।
नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ। ईही भएपछि बिजोर वर्षमा बाह्र दिनसम्म बाह्रा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि वरसँग विवाह गराइन्छ। ईही गर्ने दिन बालिका दिनभर व्रत बस्छन्। त्यस दिन बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् ।

(तस्बिरहरू)

bel bibaha बेल बिबाह 6
bel bibaha 2
bel bibaha बेल बिबाह 13 1
bel bibaha बेल बिबाह 5
bel bibaha बेल बिबाह 2
bel bibaha बेल बिबाह 8
bel bibaha बेल बिबाह 12
bel bibaha बेल बिबाह 10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७