कस्तो रहला आजको मौसम ?


२३ मंसिर २०७८, बिहीबार
jado 1

काठमाडौं, २३ मंसिर । देशभर जाडो बढेको छ । आज (बिहीबार) देशका विभिन्न वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश-१ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली हुेन र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज राति प्रदेश-१ र प्रदेश-२ का भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश-१ र प्रदेश-२ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराईका भू-भागमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने गरेको छ । जसका कारण चिसो बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७