गायक उदितनारायण झा अचानक विरामी, अस्पताल भर्ना


१ चैत्र २०७४, बिहीबार
udit

काठमाण्डौं, १ चैत : दुई साताअघि मात्र नेपाल आएका नेपालका चर्चित गायक उदितनारायण झा अचानक बिरामी परेका छन् । उनलाई मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको छ ।udit

दुई साताअघि नेपालको सप्तरीको भारदहस्थित पुख्र्यौली घर आएर भारत फर्किएपछि उनको स्वास्थ्यमा समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ६२ वर्षीय उदित युरिन इन्फेक्सन र डाइबिटिजबाट पीडित भएकाले उपचारका लागि मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको हो ।

पछिल्लो समय उदितको स्वास्थ्यमा समस्या देखिइरहेको छ । गत महिना मात्रै रगतमा ग्लुकोजलको मात्रा एकाएक बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । डाइबिटिजका साथै उनी हाई ब्लडप्रेसरबाट समेत पीडित छन् । जसकारण युरिन एन्फेक्सन भएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७