पुनर्बीमा निर्देशनसम्बन्धी विवाद : विशेष कार्यदल बनाउने


२३ मंसिर २०७८, बिहीबार
bima

काठमाडौंं, २३ मंसिर । स्वदेशी कम्पनीमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशनसम्बन्धी विवादलाई समाधान गर्न बीमा समितिले विशेष कार्यदल बनाउने भएको छ । यसै साता विशेष कार्यदल बनाएर पुनर्बीमा निर्देशन विवादलाई सहमतितर्फ अगाडि बढाउने समितिको तयारी छ ।

गत मंसिर ९ गते बीमा समितिले निर्जीवन तथा जीवन बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै पुनर्बीमा गराउन निर्देशन दिएको थियो । स्वदेशी कम्पनीले पुनर्बीमा लिन नमानेको अवस्थामा मात्र विदेशी कम्पनीमा पुनर्बीमा गर्नुपर्ने समितिको निर्देशन थियो । समितिको उक्त निर्देशन जारी भएपछि बीमा कम्पनी तथा सरोकारवालाहरूले चौतर्फी रूपमा विरोध गर्दै आएका छन् ।

साथै, तत्काल उक्त निर्देशन फिर्ता लिनुपर्ने पनि माग गर्दै आएका छन् । यसरी समितिको निर्देशनको विषयमा चौतर्फी विरोध भएपछि बीमा समितिले त्यस सम्बन्धमा विशेष कार्यदल बनाउन लागेको हो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७