हिउँले सडक अवरुद्ध, हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार


२३ मंसिर २०७८, बिहीबार

डोल्पा, २३ मंसिर । उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्ता दिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन् । स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निँदै गएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाएको हो । राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत गुरुङको उद्धार गरिएको हो । व्यवस्थित र सुविधा सहितका अस्पताल, प्रसूति गृह नहुँदा तथा अरू कारणले पनि उपल्लो डोल्पाका अधिकांश महिला घरमै सुत्केरी हुने गरेका छन् ।

स्वास्थ्य संस्थामा जान खोजे पनि दक्ष स्वास्थ्यकर्मी नहुने, बिदामा गएको जस्ता समस्या भइरहने स्थानीयको गुनासो छ । हिउँले गाउँ भरी सेताम्मे भएको र बाटो समेत अवरुद्ध भएकाले हेलिकोप्टरबाट उनको उद्धार गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७