भारतीय जनरल बिपिन रावत : हेलिकोप्टर दुर्घटनामा प्रत्यक्षदर्शीले के-के देखे ?


२३ मंसिर २०७८, बिहीबार
thumb 3

नयाँदिल्ली, २३ मंसिर । ‘मैले एक जना व्यक्तिलाई मात्रै देखें । उनी जलिरहेका थिए र त्यसपछि उनी तल खसे । म आत्तिएँ’, यो जानकारी कृष्णास्वामीले दिएका हुन् । उनी बुधबार भएको उक्त हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी हुन् जसमा भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) जनरल बिपिन रावतको मृत्यु भयो ।

उक्त दुर्घटनामा जनरल रावतकी श्रीमती मधुलिका रावत र हेलिकोप्टरमा सवार अन्य ११ जनाको पनि मृत्यु भयो । दुर्घटनामा बाँचेका एक्ला व्यक्ति क्याप्टेन वरुण सिंहको उपचार चलिरहेको छ । वायुसेनाले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ । दुर्घटनाका प्रत्यक्षदर्शी कृष्णास्वामी ६८ वर्षका हुन् । जहाँ दुर्घटना भयो, उनी त्यो स्थान नजिकै बस्छन् । उनले पुरा घटनाबारे जानकारी दिएका छन् ।
प्रत्यक्षदर्शीले के देखे ?
उनले भने, ‘म घरका लागि एउटा काठ लिन गएको थिएँ । घरमा पानी थिएन किनभने पाइप भाँच्चिएको थियो । चन्द्रकुमार र म यसको मर्मत गरिरहेका थियौं । त्यतिबेला हामीले ठूलो आवाज सुन्यौं ।’

122019216 af019108 74de 4f7f a793 5e4a22a8d59c 4BefBxZAOk

‘बिस्फोटले बिजुलीको पोल समेत हल्लिएको थियो । रुख उखेलिए । के भयो भनेर हेर्दा धुँवा आइरहेको थियो । यसले पूरा इलाका ढाकेको थियो । रुखको माथितिर आगोको लप्का देखिएको थियो । मैले आफ्नो आँखाले एक जना व्यक्ति मात्रै देखें । उनी जलिरहेका थिए, त्यसपछि उनी तल खसे । म आत्तिएँ । म दौडदैं फिर्ता भएँ, छिमेकीलाई दमकल र प्रहरी बोलाउन भनें । केही समयपछि अधिकारी पनि आए । त्यसपछि मैले शवलाई लगेको देखिनँ । म आत्तिएको थिएँ । घर आए र पल्टिएँ ।’
अन्तिम यात्रा
जनरल रावत र उनकी श्रीमतीसमेत १४ जना भारतीय वायु सेनाको एमआई-१७ भी५ हेलिकोप्टरमा सवार थिए । यो हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको थियो । यो हेलिकोप्टर सुलुरको आर्मी बेसबाट निस्किएको थियो र जनरल रावतलाई लिएर वेलिङ्टन सैन्य क्याम्पतर्फ अघि बढिरहेको थियो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७