१४ वर्षका किशोर र १८ वर्षकी किशोरी विहेका लागि बसेको मण्डपमै प्रहरी हस्तक्षेप


२३ मंसिर २०७८, बिहीबार
bihe
सांकेतिक तस्वीर

रुकुमपूर्व, २३ मंसिर । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा प्रहरीले किशोर किशोरीबीच हुन लागेको बाल विवाह रोकेको छ । पुथाउत्तरगंगा गाउँपालिका-१४ मा हुन लागेको बालविवाह कोल प्रहरी चौकीका इञ्चार्ज गणेश विक नेतृत्वको प्रहरी टोलीले रोकेको हो ।
उमेर नपुगेका किशोर र किशोरी बिहे गर्ने भन्दै ९ मंसिरमा घर छाडेर भागेका थिए । पछि उनीहरुलाई अभिभावकले नै घरमा बोलाएर विवाहको तयारी गरेका थिए । उनीहरूको विवाह प्रहरीले रोकेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

बुधबार राङ्सीस्थित केटाको घरमा बिवाहको लागि मण्डवमा बसिरहेको बेला पुगेको प्रहरीले हस्तक्षेप गरेर उनीहरुको विवाह रोकेको प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । बालविवाह हुन लागेको भन्ने सूचना त्यहाँको किशोरी समूह र बाल क्लबमार्फत प्रहरीमा पुगेपछि विक नेतृत्वको प्रहरी टोली किशोरको घरमा पुगेको थियो । अनुसन्धानका क्रममा किशोरको उमेर १४ वर्ष र किशोरीको उमेर १८ वर्ष पाइएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए। घर छाडेका भागेका उनीहरु १४ दिन सँगै बसेको पाइएको छ ।

स्थानीयसँगै क्लबका पदाधिकारी र किशोरी समूहले बालविवाह गर्नु हुँदैन भनेर परिवारलाई सम्झाउँदा पनि उनीहरुले विवाह कार्य अघि बढाएका थिए । सम्झाउँदा पनि नमानेर अभिभावकले नै उमेर नपुगेका किशोर किशोरीको विवाह गरिदिन थालेपछि प्रहरीलाई खबर गरेको किशोरी समूहले जनाएका छन् ।

प्रहरीले बालविवाह रोकेर केटा र केटी दुवैलाई अभिभावकको जिम्मा लगाएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए। केटाकेटी अभिभावकको संरक्षणमा रहेको बताउँदै प्रहरीले उनीहरूको परिवारलाई बालविवाह नगराउन चेतावनीसमेत दिएको छ । अभिभावकले पनि कानूनी कुरा थाहा नपाएर एकअर्काको मञ्जुरीले भागेका केटाकेटीको बिहे गराउन लागेको बताएका छन् । आगामी दिनमा उमेर नपुगी उनीहरुको विवाह नगर्ने समेत दुवै पक्षका परिवारले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७