कांग्रेस केन्द्रीय समितिको आज अन्तिम बैठक बस्दै


२३ मंसिर २०७८, बिहीबार
congress meating
फाइल तस्बर ।

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज (बिहीबार) बस्दै छ । बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि सूचना गरिएको छ । बैठकमा भोलि (शुक्रबार) देखि सुरु हुने कांग्रेसको चौधौं महाधिवेशन तयारीको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए ।

२४ मंसिरदेखि काठमाडौँमा सुरु हुने कांग्रेस महाधिवेशन २७ गतेसम्म चल्ने छ । महाधिवेशनले पार्टीको पाँच वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७