जमेको तालभित्र पसेर कुकुरको उद्धार गर्ने दुई प्रहरीको यसरी हुँदैछ चर्चा


२३ मंसिर २०७८, बिहीबार
two police officers dive into ice waters to rescue a dog1639018605
Spanish police rescue a dog from a frozen reservoir in the municipality of Canfranc in Spain, in this still image taken from a handout video obtained by Reuters on December 8, 2021. Spanish Police/Handout via REUTERS

काठमाडौं, २३ मंसिर । स्पेनको उत्तरी भेगमा दुई जना पुलिस अफिसरहरुले आफ्नो जीवन जोखिममा राखेर एउटा कुकुरको उद्धार गरेपछि सबैतिर चर्चामा आएका छन् । डुबिरहेको कुकुरलाई निकाल्न उनीहरु जमेको तालभित्र पसेका हुन् ।

त्यस क्षेत्रमा बुधबारसम्म भारी हिमपात र आँधी आउनेबारे मौसम पूर्वानुमान विभागले चेतावनी दिइरहेको थियो । पुलिसले सार्वजनिक गरेको भिडियोमा दुवै जना कम्मरसम्म पुग्ने बरफिलो पानीभित्र पसेर कुकुरलाई सुरक्षित रुपमा किनारमा फिर्ता ल्याएको देख्न सकिन्छ । सो कुकुर घण्टौंसम्म त्यस तालभित्र फसेर बसिरहेको बताइएको छ । रोयटर्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७