एकता र स्थिरताका निम्ति प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुनुपर्छ : बालकृष्ण खाँण

‘देउवाको विकल्प अहिले छैन, उहाँ गिरिजाप्रसादको उत्तराधिकारी हो’


२३ मंसिर २०७८, बिहीबार
Balkrishna khad 1

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको बृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आज (बिहीबार) सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खाँणले देउवाको निरन्तरताका विषयमा आफू विश्वस्त रहेको बताए । ‘राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको बृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवाको निरन्तरता आवश्यक छ,’ उनले भने, ‘त्यसैले यो महाधिवेशनले देउवालाई नै निरन्तरता दिनेमा म विश्वस्त छु ।’

उनले देउवाकै नेतृत्वमा कांग्रेसले आगामी तीन तहको निर्वाचन गराउने बताए । ‘स्थानीय तहको निर्वाचन, आमनिर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नेपाली कांग्रेसमा एकता र गठबन्धनको स्थिरता आवश्यक छ,’ उनले भने । उनले अहिलेको अवस्थामा प्रधानमन्त्री रहेकै व्यक्ति पार्टी सभापति हुँदा कांग्रेस बलियो हुने समेत बताए । उनले शेरबहादुर देउवा गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी भएको दावी गर्दै तत्काल देउवाको विकल्प नभएको समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७