रावतको अन्त्येष्टिमा सहभागी हुन बलाधिकृत रथी कार्की भारत जाँदै


२३ मंसिर २०७८, बिहीबार
Bipinrawat1 20211208133732

काठमाडौं, २३ मंसिर । भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतको अन्त्येष्टिमा सहभागी हुन नेपाली सेनाका तर्फबाट बलाधिकृत रथी बालकृष्ण कार्की भारत जाने भएका छन् ।

रावतको भोलि (शुक्रबार) भारतको नयाँ दिल्लीमा अन्त्येष्टि गरिने भएको छ । नेपाली सेनाका अनुसार रावतको अन्तिम सम्मानमा सहभागी हुन नेपाली सेनाको प्रतिनिधित्व गर्दै बलाधिकृत रथी कार्की त्यहाँ जान लागेका हुन् । शुक्रबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा विपिन राउत, उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७