ज्वाइँले गरे सासुको हत्या, घटना लगत्तै पक्राउ


२३ मंसिर २०७८, बिहीबार
pakrau
फाइल फोटो

महोत्तरी, २३ मंसिर । आफ्नै सासुको हत्या गरेको आरोपमा महोत्तरीबाट एक जना पक्राउ परेका छन् । ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका-७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जगतारन र तेत्रीबीच घरायसी विवादमा झगडा हुँदा तेत्रीले कुटपिट गरेपछि जगतारनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७