लमजुङमा शिक्षक-विद्यार्थी चढेको जीप दुर्घटना : तीनको मृत्यु, नौ जना घाइते


२३ मंसिर २०७८, बिहीबार
lamjung jeep accident q5aADqV5WO
दुर्घटनामा घाइतेहरुको उपचार गरिंदै ।

लमजुङ, २३ मंसिर । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जीप पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने नौं जना घाइते भएका छन् । ग १ ज ६३१७ नम्बरको जीप मर्स्याङ्दी गाउँपालिका-२ मा दुर्घटना भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जपि दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

Lamjung jeep accident

‘शिक्षक, विद्यार्थी मिलेर तीन वटा जीपमा पिस हिल भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए । त्यसमध्ये एउटा जीप दुर्घटना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको खबर प्राप्त भएको छ,’ सीडीओ वैद्यले भने, ‘९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।’

घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको वैद्यले बताए । घटनास्थलमा प्रहरी भइरहेको र स्थानीयले घाइतेको उद्धार गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७