अब सभापतिको दौडबाट ‘ब्याक’ हुन्न : प्रकाशमान


२३ मंसिर २०७८, बिहीबार
Prakash man shingh
फाइल फोटो

काठमाडौं, २३ मंसिर । कांग्रेस नेता प्रकाशमान सिंहले अब आफू सभापतिको दौडबाट पछि नहट्ने अडान लिएका छन् । संस्थापन इत्तर पक्षमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल चलिरहेका बेला नेता सिंहले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका हुन् ।

‘पार्टी विधि र पद्धतिमा चल्न सकेको अवस्था छैन, पार्टीलाई विधान बमोजिम सञ्चालन गर्न मैले यो महाधिवेशनमा उम्मेदवारी दिएको हुँ, मैले दाबी छोड्दिनँ,’ उनले भने ।

उनले बानेश्वरमा रहेको सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै पार्टीभित्र प्रजातान्त्रिक अभ्यासलाई थप मजबुत बनाएर अघि बढ्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताए । उनले कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनै पनि नेताले आत्मासात गर्न नसकेको भन्दै दुःख समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७