शान्ति मिसनमा रहेका सात सैनिकको हत्या


२३ मंसिर २०७८, बिहीबार
Mali1 20211209085417

काठमाडौं, २३ मंसिर । मालीमा संयुक्त राष्ट्रसंघका सात शान्ति सैनिकको हत्या गरिएको छ । मालीमा खटेको शान्ति मिसन मिनुस्माका ७ जना सैनिक मारिएको बताइएको छ । बुधबार ती सैनिक मालीको राजधानी बामाको नजिकै भएको आक्रमणमा मारिएका हुन् । सो आक्रमणमा परी अरु तीन जना गम्भीररुपमा घाइते भएका संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले जनाएको छ ।

मालीको सो संयुक्त राष्ट्रसंघीय मिसनले सहायता सामग्री बोकेर डोजेन्टा नगरबाट गइरहेका बेला सवारी साधनमाथि नै हमला गरिएको थियो । सो हमलामा परी सात जना शान्ति सैन्य मारिएका र अरु तीन जना गम्भीररुपमा घाइते भएका यहाँको सो मिसनले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।

यसअघि पनि मालीको शान्ति मिसनलमा यसैगरी हमला हुने गरेको छ। जसमा परेर कैयौं सैनिक मारिएका छन् । सो शान्ति मिसनमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गरे । उनले शान्ति स्थापनाका लागि खटेका सैनिकमाथिको हमला निन्दनीय रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७