कांग्रेस बैठकमा तीन प्रस्ताव पारित, आएन पदाधिकारी थप्ने प्रस्ताव

रामचन्द्र पौडेल र प्रकाशमान सिंह अनुपस्थित


२३ मंसिर २०७८, बिहीबार
congress meating

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सकिएको छ । आज (बिहीबार) को बैठकमा पदाधिकारी थप गर्ने विषयमा प्रस्ताव लैजाने तयारी गरिएको भए पनि पेस नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

अन्तिम समयमा पदाधिकारी र केन्द्रीय समितिको संख्या थप गर्दा महाधिवेशन प्रभावित हुन सक्ने भन्दै नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले आपत्ति जनाएका थिए । उनीहरु दुवै जना आजको बैठकमा पनि अनुपस्थित थिए ।

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा पेश गरिने राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । पार्टी मुख्यालयमा सानेपामा बिहीबार दिउँसो बसेको कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी प्रतिवेदन पारित गरेको हो ।

बैठकमा महामन्त्री पूणर्बहादुर खड्काले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । त्यसलाई केही सुझावसहित पारित गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको लेखासम्बन्धी प्रतिवेदन पनि बैठकमा पारित भएको छ । यादवले पेश गरेको प्रतिवेदनमा पार्टीमा अहिले १० करोडभन्दा बढी रकम कोषमा बचत रहेको उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७